विश्वमा हाल देखिएको माटो संकटलाई तत्काल ध्यान दिनुपर्ने आवश्यकता छ किनभने ५२ प्रतिशत कृषियोग्य भूमि पहिले नै ह्रास भाइसकेको छ। माटोको उचित संरक्षण नहुनुका कारण विश्वमा भोलिको दिनमा आउनसक्ने खतराको विषयमा संसारको ध्यानाकर्षण गर्न भारतीय धर्मगुरु तथा पर्यावरणविद् सद्गुरुले १०० दिने, ३०००० किलोमिटरको ‘माटो बचाऊ अभियान’ (Journey to Save Soil) सुरु गरेका थिए। ६३ वर्षिय सद्गुरुले युरोप, मध्य एसियाका र मध्यपूर्वको थुप्रै देशहरुको मोटरसाइकलमा एक्लै यात्रा गरिसकेका छन्। २१ जुन- अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतको कावेरी बेसिनमा यो अभियान समापन हुनेछ।

नेपालमा पनि यो अभियानले माटो जोगाउनका निम्ति नीति परिवर्तनलाई प्रेरित गर्नुहोस् भन्ने उदेस्य सहित विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। काठमाडौँको बसन्तपुरमा जेठ ०७ गते आयोजित एक कार्यक्रममा इशा फाउन्डेसनका स्वयंसेवकहरुले उपस्थित युवालाई आफ्नो देशका राष्ट्रपति तथा प्रधानमन्त्रीलाई माटो जोगाउनका लागि नीति परिवर्तनका लागि आग्रह गर्न प्रेरित गर्दै विभिन्न प्रस्तुति तथा माटोको सम्रक्षण नहुँदा निम्तिन सक्ने विनाशका बारेमा तथा माटोलाई जोगाउन अपनाउन सकिने उपायहरुसहित विभिन्न प्रस्तुति गरेको छ।

अभियानले नेपालका सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारी तथा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवालाई माटो जोगाउनका निम्ति नीति परिवर्तन गर्न आग्रह गर्दै धेरै भन्दा धेरै जनाले पत्र लेख्न आग्रह गरेको छ। अभियानको वेबसाइट https://savesoil.org/write मा गएर तपाइले पनि राष्ट्रपति तथा प्रधानमन्त्रिलाई पत्र लेख्न सक्नुहुनेछ।
भारतमा पाँच लाखभन्दा बढी विद्यार्थीहरूले आफ्ना मन्त्रीहरूलाई माटो पुन: निर्माणका लागि कदम चाल्न आग्रह गर्दै पत्र लेखेका छन्।
आइयुसीएन (IUCN) , युएनसीसीडी (UNCCD), विश्व खाद्य कार्यक्रम (WFP) र संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम ( UNEP) जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरू यस अभियानमा साझेदारका रूपमा सम्मिलित भइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया