बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेस विजयी

लोकपथ
130
Shares

बारा । बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुनस् नेपाली कांग्रेसले जित हात परेको छ । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानु पुन: विजयी भएका छन् ।

यादवले १ हजार २ सय ९४ मतको फराकिलो मततन्तरले जित हासिल गरेका हुन । निवर्तमान मेयरसमेत रहेका यादवले ८ हजार ६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७ हजार ३७६ मत ल्याएका छन् ।

उपमेयरमा पुन: दोहोरिएकी तारादेवी कानुले ७ हजार ९९७ मत प्रात गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुस्पान्जली देवीले ७ हजार १० मत पाइन् । कानुले निकटतम प्रतिद्वन्द्वी एमालेकी देवी भन्दा ९ सय ८७ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?