जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते

लोकपथ
336
Shares

हेटौँडा । मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२, कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको बताए ।

जिपमा सवार ८ जना मध्ये अन्य ५ जना घाइते भएको उनले बताए । तिव्र गतिका कारण जिप अनियन्त्रित भइ पुलमा ठोक्किएर दुर्घटना भएको उनले बताए ।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटौंडातर्फ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?