दुई मोहन बस्नेत : एउटै नाम, एउटै पार्टी, दुई पटक नै मेयर

लोकपथ
9.6k
Shares

काठमाडौं । काठमाडौंको नागार्जुन नगरापालिका र दक्षिणकाली नगरपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । दुवै नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नागार्जुन नगरापालिकामा कांग्रेसका उम्मेदवार मोहन बस्नेत विजयी भएका छन् भने दक्षिणकाली नगरपालिकामा पनि मोहन बस्नेत नै विजयी भएका छन् । तर, यहाँ नाम एउटै भए पनि व्यक्ति भने फरक हुन् ।

यी दुवै बस्नेत यस अघि पनि आआफ्नो नगरपालिकामा मेयरका लागि चुनिएका थिए । यस पटक पनि यी दुई नै चुनीएका छन् । यी दुवै उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।

नागार्जुन नगरपालिकाका मोहन बस्नेत १० हजार १८६ मतका साथ पुनः मेयरमा निर्वाचित भएका हुन् भने दक्षिणकाली नगरपालिकाका मोहन बस्नेत ७ हजार २०१ मत ल्याउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?