मातृकाका भाइ सबैलाकाे मेयरमा विजयी

लोकपथ
616
Shares

काठमाडा‌ै । धनुषाको सबैला नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन् । माओवादीका कारीराम यादव मेयरमा निर्वाचित भएका छन् भने उपमेयरमा रहिमा खातुन निर्वाचित भएकी हुन् ।

निर्वाचित यादवले ४२१२ मत ल्याएर नेपाली काँग्रेसका प्रतिद्वन्द्वी उम्मेदवार जगतसुन्दर शाह मधुपले ४०७६ मत ल्याए । यादव माओवादी नेता मातृका यादवका भाइ हुन्

त्यस्तै उपमेयरमा निर्वाचित खातुनले ४६९९ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी किरणकुमारी कापरले ३६०४ मत ल्याइन् । उनलाई खातुनले १०९५ मतले पराजित गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?