डोटीमा बस दुर्घटना : एक बालक बेपत्ता, १३ जना घाइते

लोकपथ
98
Shares

डोटी । डोटीमा बस दुर्घटना हुँदा एक बालक बेपत्ता भएका छन् भने १३ जना घाइते भएका छन् ।

जिल्लाको शिखर नगरपालिका-१ गेरुपानीमा कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन शाही बेपत्ता भएका हुन् ।

बस सेती नदीको किनारमा पुगेका कारण बालक बेपत्ता भएको अनुमान प्रहरीको रहेको छ । साथै बालकको खोजिकार्य भइरहेको र घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?