काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परिपक्व सूचना प्राप्त नभएसम्म सूचना नदिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित प्रदेश ३ का स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुसँगको सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले परिपक्व सूचना नआई सूचना दिँदा सरकारलाई अप्ठयारो पर्ने गरेको बताए ।
मन्त्री पण्डितले आलोकाँचो सूचनाले परिणाम राम्रो नआउने भन्दै समय आएपछि मात्रै सूचना दिन मातहतका निकायलाई सचेत गराएका हुन् ।
मन्त्रिपरिषदका निर्णय २४ घण्टासम्म नदिने कानुनी प्रावधान रहेको समेत दाबी गर्दै उनले संचारकर्मीहरुले आलोकाँचो सूचना मागेर अप्ठयारोमा पार्ने गरेको गुनासो गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया