हेटौंडामा गठबन्धनकाे जित, मेयरमा लामा र उपमेयरमा बानियाँ विजयी

लोकपथ
966
Shares

हेटौँडा । हेटौँडा ।  हेटौंडामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी नेकपा एसकी मीना लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् ।

लामाले २३ हजार ७५ मत ल्याएकी छन् भने उपमेयरमा बानियाँले ३२ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् ।

वडागत तहमा भने नेकपा एमालेले सबैभन्दा धेरै ९ वडामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले ८ वटा वडामा विजयी हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीले एक–एक वडामा जित हात परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?