काठमाडौं । देशभरका विभिन्न स्थानहरुबाट अहिले मतपरिणाम आउने क्रम जारी छ । देशका ६ वटै महानगरपालिकाको पनि मतपरिणाम आउने क्रम जारी छ ।
यस्तो छ महानगरपालिकाहरुको पछिल्ले मतपरिणाम :
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह २९ हजार ५ सय ८२ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले १५ हजार ९ सय २१ मत ल्याएका छन् ।
पोखरा महानगरपालिका
पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार धनराज आचार्य २८ हजार ५ सय ६३ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले २५ हजार ३ सय ५७ मत ल्याएका छन् ।
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल २१ हजार ९ सय ६४ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले १८ हजार ७ सय ७९ मत ल्याएका छन् ।
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन २१ हजार ३ सय ११ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार १ सय ४९ मत ल्याएका छन् ।
वीरगन्ज महानगरपालिका
वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजेशमान सिंह २३ हजार ८ सय ५२ मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले १२ हजार २ सय ८९ मत ल्याएका छन् ।
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार नागेश कोइराला २५ हजार ९ सय १८ मतका साथ अग्रस्थानमा छन् । कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका सागरकुमार थापाले १९ हजार ३ सय ५० मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया