काठमाडौं । ३० वैशाखको स्थानीय तहको निर्वाचनका क्रममा रौतहट यमुनामाई गाउँपालिका वडा नं. २ स्थित भेडियाही स्कुलमा मतदानका क्रममा मतपेटिका लुट्ने एक जनालाई प्रहरीले पक्राएको छ ।
पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४६ को चन्देश्वर बैठा रहेका छन्।
निर्वाचनका दिन भेडियाही स्कुलमा जारी मतदानका क्रममा एक हुल मानिसहरु लिइ आएका उनीसहितको टोलीले मतपेटिका लुटेर लगेका थिए । बैठाको टोलीले लगेको मतपेटिका नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले २ राउण्ड हवाइ फायरिङ समेत गरेको थियो ।
मतपेटिका लुटेर फरार भएका उनी आफ्नै घरमा लुकेर बसेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया