अर्घाखाँची । अर्घाखाँची जिल्लाका पालिकामा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई सन्धिखर्कमा शपथग्रहण गराइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले नगपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूलाई शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
शपथग्रहणमा भूमिकास्थानका नगरप्रमुख झविलाल थापा, शीतगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेल, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने र छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ सहभागी थिए । कार्यक्रममा सन्धिखर्क नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधिलाई सम्मानसहित प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
सवै स्थानीय तहका प्रमुखहरू सपथग्रहणमा सहभागी भए पनि सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ भने सहभागी भएनन् । आफ्नी आमाको निधन भएपछि किरियाकर्ममा रहेका कारण श्रेष्ठ सपथग्रहणमा सहभागी नभएका हुन् । श्रेष्ठलाई किरियाकर्मबाट निस्किएपछि शपथग्रहण गराउने तयारी गरिएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया