काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार उपेन्द्रकुमार पोखरेल विजयी भएका छन् । पोखरेलले १४ हजार १ सय ८७ मत ल्याई विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार महेन्द्रदेव श्रेष्ठलाई १ हजार ६ सय ११ मतान्तरले पराजित गरेका हुन् । पराजित महेन्द्रदेव श्रेष्ठले १२ हजार ५ सय ७६ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार मन्जुदेवकोटा १२ हजार ६ सय ९४ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उम्मेदवार दिर्घराज श्रेष्ठले ११ हजार ६ सय ८७ मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया