श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदुत उजुरीविरुद्ध सुनुवाइ

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदुतहरुको सुनुवाइ गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायकोविरुद्धमा परेका उजुरीविरुद्ध सुनुवाइ गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावितद्वय राजदुतविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले प्रस्तावित राजदुतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र द्वय राजदुतविरुद्ध परेको उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताए ।

समितिको बैठकमा बोल्दै डेनमार्कका लागि प्रश्तावित राजदुत प्राध्यापक डाक्टर रामस्वार्थ रायले राजदुत बनेपछि नेपालमा पुनः डेनमार्कको राजदुतावास स्थापित गर्न पहल गर्ने बताए । उनले नेपाल र डेनमार्कबीचको सम्बन्ध थप प्रगाढ बनाउने, नेपालको जलविद्युत तथा वैदेशिक उर्जाको क्षेत्रमा निजी, सामुदायिक, पार्टनरशीप पीपीपी मोडेलमा लगानी प्रवद्र्धन गर्ने तथा प्रविधिको क्षेत्रमा सहजीकरण गर्ने कुरामा जोड दिने बताए ।

उनले पर्यटन र व्यापार बढाउन पहल गर्ने र दुई देश र बहुदेशबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अझ सुदृढ गरी मित्रता, भ्रातृत्व विकास र समृद्धिलाई योगदान पुर्याउन मुख्य भुमिका खेल्ने कुरामा जोड दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?