थाक्रे गाउँपालिका प्रमुखमा एमालेका रामकुमार आचार्य निर्वाचित

लोकपथ
245
Shares

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार रामकुमार आचार्य निर्वाचित भएका छन् । आचार्यले

१० हजार ३ सय ५५ मत ल्याई विजयी भएका हुन् । आचार्यले उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार रामप्रसाद बिडारीलाई २ हजार २ सय ३९ मतान्तरले पराजित गरेका हुन् । पराजित रामप्रसाद बिडारीले ८ हजार १ सय १६ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार यन्‍त्रबहादुर थापा ९ हजार ४ सय ३१ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार अम्बिका रुपाखेती पौडेलले ९ हजार ९१ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?