सुनसरीको रामधुनी नगरको प्रमुख र उपप्रमुखमा एमाले विजयी

लोकपथ
154
Shares

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । बिहीबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार एमालेका उम्मेदवार शङ्कललाल चौधरीले १३ हजार ३७२ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदीप अधिकारीले ११ हजार ४०५ मत ल्याए । त्यसैगरी नगरपालिकाको उपप्रमुखमा एमालेकी तारा थापा निर्वाचित भएका छन् । उनले १२ हजार २२० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी आशाकुमारी चौधरीले १० हजार ४९३ मत ल्याएर पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?