काठमाडौं । उर्लाबारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले आफ्नो स्थान सुरक्षित बनाएको छ । एमालेका उम्मेदवार गंगाप्रसाद खरेलले १२ हजार १ सय ५६ मत प्राप्त गर्दै उर्लाबारी नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्ग फागोले १० हजार २९० मतमात्रै ल्याए ।
पाँच वर्षअघि नेपाली कांग्रेसले जितेको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली कांग्रेस एक्लै चुनावमा होमिएको थियो ।
उपमेयरमा एमालेकै मिनाकुमारी खतिवडा निर्वाचित भएकी छन् । उनले १० हजार ७०२ मत ल्याएकी छन् । कांग्रेसकी सीता कार्कीले १० हजार ६ सय ४० मत पाइन् ।
उर्लाबारीमा सत्तारूढ दलसँग गठबन्धन नगरी नेपाली कांग्रेस एक्लै लडेको थियो ।
मेयर उपमेयर जितेको एमालेले ९ वटा वडा रहेको उर्लाबारीमा बहुमत वडा अध्यक्ष पनि जितेको छ । १,३,५,७,८ नम्बर वडा एमालेले जितेको हो । २,४,६, र ९ नम्बर वडाका अध्यक्ष कांग्रेसले जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया