१३ असार २०७९, सोमवार

फरार भएको २२ वर्षपछि पक्राउ : चुनावका बेला गाउँ गएका थिए, पक्राउ परे

२०७९,जेष्ठ,५,बिहीवार २२:१५

1.62k
Shares

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जनालाई २२ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका– १ जिता घर भएका वर्ष ५१ का भुपेन्द्र पौडेललाई सजाय तोकिएको २२ वर्षपछि पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।

साविक पुनरावेदन अदालत पोखराबाट ०६० साल फागुन ३ गतेको फैसलाले डाँका चोरी मुद्दामा पौडेललाई ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २५० रुपैयाँ जरिवाना तिर्नु पर्ने उल्लेख छ ।

स्थानीय तह निर्वाचनमा गाउँमा आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वय र मध्यनेपाल नगरपालिका ३ मा रहेको प्रहरी चौकी सोती पसलबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका उनलाई लमजुङ जिल्ला अदालतमा पेश गरिएकोमा पौडेलले जरिवाना समेतको रकम दाखिला गर्न नसकेको र उक्त जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी लमजुङ अदालतले निज पौडेललाई ९ बर्ष ११ महिना ६ दिन कैद हुने गरी पौडेललाई कैद भुक्तानको लागी बिहीवार लमजुङ कारागार चलान गरिएको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,५,बिहीवार २२:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुर । मधेस प्रदेश सरकारले पहिलोपटक युवा महोत्सव आयोजना गर्ने भएको छ । प्रदेश महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले

भक्तपुर । भक्तपुरको इनाचोस्थित मुनि विहारबाट एक हप्ताका लागि हिँडेको भिक्षु भन्टेहरुको भ्रमण टोली दुई वटा विहारहरुको शिलान्यास गरी भक्तपुर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छ । हटलाइन

१  नवनियुक्त्त चार मन्त्री र एक राज्य मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, सबैले आजै कार्यभार सम्माल्दै आफनो कार्यकाल उपलब्धीमुलक

ताजा समाचार

राष्ट्रपति रनिङ शिल्ड असार १८ देखि
 २०७९,असार,१३,सोमवार २१:११