धादिङको थाक्रे गाँउपालिका-९ मा एमालेको प्यानल नै विजयी

लोकपथ
1k
Shares

काठमाडौं । धादिङको थाक्रे गाँउपालिका-९ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका तर्फबाट थाक्रे-९ मा वडा अध्यक्षमा श्यामचन्द्र आचार्य निर्वाचित भएका हुन् ।

आचार्यले ८ सय ६१ मत प्राप्त गर्दै ९ को वडा अध्यक्षमा आफ्नो स्थान सुरक्षित बनाएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रामकृष्ण आचार्यले ४ सय ८ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार गणेशमान डंगोलले ९७ मतमा चित्त बुझाए ।

थाक्रे गाउँपालिकाको प्रमुखको डौडमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार रामकुमार आचार्य ७ हजार ३ सय ७१ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामप्रसाद बिडारीले ६ हजार ४ सय २० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?