पल शाहको मुद्दाको सुनुवाइ स्थगित, अब अर्को साता हुने

लोकपथ
252
Shares

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो ।

का रजिस्टार श्रीलाल पौडेलले अनलाइनखबरलाई बताए । उक्त मुद्दामा अब अर्को हप्ता बिहीबार हुने पोखरा उच्च अदालतले स्रोतले जनाएको छ । उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो ।

नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?