सिटौलाको गृहवडामै नेपाली कांग्रेस पराजित

लोकपथ
511
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह वडामा नेपाली कांग्रेस पराजित भएको छ । झापाको भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा एमालेका टेकबहादुर खड्का विजयी भएका छन् ।

खड्का १ हजार ४ सय ८० मत ल्याउँदै विजयी भएका हुन् । खड्काले कांग्रेसका विष्णुप्रसाद काफ्लेलाई ३ सय ९ मतको मतान्तर बनाउँदै वडाध्यक्षमा आफ्नो स्थान सुरक्षित बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?