‘ब्युटी प्याजेन्ट’का नाममा यौन हिंसा

लोकपथ
742
Shares

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा पनि सन् २००२ कि मिस नेपाल विजेता माल्भिका सुब्बासम्मलाई जोडिएको छ ।

बुधबार ‘सुसी खान जाने हो’ टिकटक एकाउन्टबाट एक युवतीले आफू बलात्कारको सिकार भएको जानकारी दिइन् । २/२ मिनेटका २० वटा भिडियोमा उनले कहिले ? कसरी ? बलात्कृत भइन् त्योबारे जानकारी दिएकी थिइन् ।

आफू बलात्कृत भएको बारे उनले सन् २००२ की मिस नेपाल माल्भिका सुब्बालाई समेत जानकारी दिएकी थिइन् । तर, उनले उल्टै भनिदिएछन्, ‘ग्ल्यामर क्षेत्रमा यो त नर्मल हो ।’

२०७१ सालमा आयोजना गरिएको मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा ती युवतीमाथि बलात्कार भएको थियो । उनले आफूलाई बलात्कार गर्ने र सहयोग गर्नेहरूको थर मात्र खुलाएकी छिन् । जसमा एक जना फोटोपत्रकार र कन्सल्टेन्सी सञ्चालक रहेको बताएकी छिन् ।

रेग्मी थर गरेकी एक युवती १२ कक्षाको परीक्षा सकिएपछि ‘ब्युटी प्याजेन्ट’मा सहभागी भइन् । उनले अडिसन दिइन् । तर, अडिसनबाट उनी छनोटमा पर्न सकिनन् । छनोटमा नपरे पनि त्यहाँ भएका तस्बिरहरू बाहिर आएपछि कुनै व्यक्तिबाट उनलाई म्यासेज आयो ।

‘तिमी आउ फोटोसुट गरौँ, अनि मोडल बनाउछौँ’ भनेर म्यासेज आयो । त्यति म्यासेज आएपछि उनी निकै उत्साहित भइन् । त्यसरी म्यासेज पठाउनेमा थिए, ती फोटोपत्रकार ।

ती फोटोपत्रकार र कन्सल्टेन्सी सञ्चालकले तस्बिर खिचे र उनलाई ५ हजार पैसा दिए । फोटो खिचेर उनीहरूले भने कि हामीले ‘ब्युटी प्याजेन्ट’ आयोजना गर्दै छौँ । म त्योभन्दा अगाडि पनि ब्युटी प्याजेन्टमा भाग लिइसकेकी थिएँ । त्यसले म राजी भएँ । ब्युटी प्याजेन्टको विनर भइसकेपछि उनलाई ‘सक्सेस पार्टी’ दिने भनियो । उनी तयार भइन् ।

एभरेष्ट होटलमा पार्टी आयोजना गरेको भनियो । उनी त्यहाँ गइन् । जब कि त्यहाँ कोही पनि थिएनन् । उनले प्रश्न गरिन्, खै त अरू मानिसहरू ? उनलाई बोलाएका व्यक्तिले भने, तिमी चाँडै आयौ । अरू बिस्तारै आउँछन् । राति ६–७ बजेतिरबाट पार्टी सुरू हुन्छ । तिमी बस्दै गर ।

केही समयपछि वेटर आएर लेमन जुस दिए । उनले भने, यो वेलकम ट्रिट हो ।

त्यसपछि उनले त्यो खाइन् । खाएको १० मिनेटपछि उनी आफूलाई अनकन्सियस महसुस गर्न थालिन् । त्यसपछि उनले त्यो एब्युजरलाई भनिन्- मलाई गाह्रो भयो, म घर जान चाहन्छु ।

एब्युजरले उनलाई गाली गर्‍यो । तिमी विनर भएर यस्तो गर्ने ? तिम्रोबारे अरूले के सोच्लान्  ?

‘यस्तै हुन्छ, केटीहरूलाई गाह्रो भयो भने रेस्ट गर्नलाई भनेर रूम लिएर राखेको छु, तिमी त्यहाँ गएर एकछिन रेस्ट गर । सबैजना आएपछि म तिमीलाई बोलाउँछु’ भने । त्यसपछि उनी रूममा गएर रेस्ट गर्न गइन् ।

त्यतिबेला उनी १६ वर्षकी थिइन् । जतिबेला उनको नागरिकता समेत बनेको थिएन् । कोठामा रेस्ट गर्दा बेला-बेला उनलाई होस आइरहेको थियो । जति बेला होसमा आयो त्यतिबेला लाग्यो कोहीले उनका शरिरका अंग चलाइरहेका छन् । उनीमाथि कोही प्रयोग भइरहेको छ ।

जब उनी होसमा आइन् । त्यो बेला उनी पुरै नाङ्गै थिइन् । उनीसँगै त्यो एब्युजर पनि उनीसँगै पूरै नाङ्गै सुतिरहेको थियो । पूरै ओछ्यानभर रगत थियो । त्यसपछि उनी छाँगाबाट खसेझैँ भइन् । एकदमै ठूलो स्वरमा कराइन् ।

त्यसपछि ती एब्युजरले उनको ब्यागमा २० हजार पैसा हालिदिए र भने, ‘तिम्रो ब्यागमा २० हजार हालिदिएको छु । घटनाबारे कोहीलाई पनि केही भन्यो भने तिम्रो नाङ्गो फोटो र भिडियो मेरो मोबाइलमा छ, सार्वजनिक गरिदिन्छु, मेरो साथी चर्चित फोटोग्राफर छ ।

त्यति भनिसकेपछि उनको बोली रोकियो । निकै तनावपूर्ण अवस्थामा उनी त्यहाँबाट घरतिर लागिन् । त्यसपछि उनले ब्ल्याकमेलिङ गरेर पटक–पटक बलात्कार गरिरहे । कति पटक त उनले आत्महत्या गर्नेबारे पनि सोचिन् । तर, सकिनन् ।

एक जना खड्का थरका उनका केटासाथीले उनलाई निकै सहयोग गरे । केटासाथी र उनी एब्युजरको कन्सल्टेन्सीमा गए । त्यहाँका सबै कर्मचारीलाई राखेर, कन्सल्टेन्सी सञ्चालक र फोटोपत्रकार दुवैलाई त्यहाँ राखे । उनीसँगै विजेता बनेकी अर्की युवतीमा पनि उनीसँगै थिइन् ।

‘मैले त्यो बेला सबै कुराहरू भनेँ । मलाई गरेको फोन रेकर्ड, मलाई गरेको म्यासेज सबै देखाइदिएँ । मेरो ब्वाईफ्रेण्डले त्यो मान्छेलाई धेरै पिट्यो,’ ती युवतीले भिडियोमा भनेकी छिन् ।

समय बित्दै गयो । घटनापछिका यतिका समय निकै कष्टपूर्ण र मानसिक तनावबाटै बित्यो । घटनाबारे उनले धेरैलाई भनिन् । तर, कतैबाट पनि सहयोग मिलेन । झन् उल्टै ‘तिमी नै त्यस्ती हौ’ भन्ने जवाफ मिल्थ्यो ।

यतिसम्म कि आफूमाथि बलात्कार गर्नेकी श्रीमतीलाई पनि भनिन् । उनको श्रीमतीले रूखो जवाफ फर्काइन् । ‘हैन जम्मै केटीहरू मेरै बुढोको पछि किन लाग्छन् ?’, उनको श्रीमतीले दिइन् ।

यति मात्र नभएर आफूमाथि भएको बलात्कार र पीडकहरूबारे उनले सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बालाई जानकारी गराइन् । तर, माल्भिकाले आफूले केही गर्न नसक्ने जानकारी दिएपछि उनी खिन्न भइन् । अहिले घटना सार्वजनिक भइसकेपछि माल्भिकाले प्रस्टीकरण दिएकी छिन् । त्यो बेला मलाई कानुनबारेमा थाहा थिएन भन्दै उनले माफी मागेकी छिन् ।

उनी ६–७ वर्षको हुँदा फिल्ममा अभिनय गरेकी थिइन् । त्यही बेलादेखि उनको सपना थियो- ठूलो भएपछि मोडल हुन्छु, कलाकार हुन्छु । तर, उनको सपना त्यही घटनाले तुहाइदियो ।

उक्त घटनापछि उनी डिप्रेसनको सिकार बनिन् । अहिलेसम्म पनि उनी उपचार गराइरहेकी छिन् । उनलाई आफूमाथि भएको बलात्कारबारे बोल्न यतिका वर्ष लाग्यो । धेरैले उनीमाथि नै प्रश्न उठाइरहेका छन् । अहिले पनि केटी नै त्यस्ति हो भन्दै उनीमाथि प्रश्न उठाइरहेका छन् ।

‘त्यो समय मलाई यस्तो भयो भने के गर्ने ? कहाँ गएर उजुरी गर्ने थाहा थिएन । अहिले पो थाहा पाएँ । अनि घटना सार्वजनिक गरेकी हुँ,’ उनले भिडियोमा भनेकी छिन् ।

उनले भिडियोमार्फत भनेकी छिन्, ‘कुनै पनि केटीहरू आफ्नो आमालाई नलगी कहीँ पनि नजानू । यो मेरो अनुरोध मात्र होइन्, बिन्ती पनि हो ।’

घटनाबारे प्रहरी जानकार :

बलात्कारको घटना सार्वजनिक भएपछि यो विषयमा प्रहरीले चासो देखाएको छ । घटनाबारे जानकार रहे पनि पीडित युवती प्रहरीको सम्पर्कमा आउन सकेकी छैनन् । नेपाल प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले घटनाबारे जानकार रहेको, तर पीडित सम्पर्कमा नआएको बताए ।

‘हामी पीडितलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ । उहाँ सम्पर्कमा आएपछि मात्रै अनुसन्धानका अन्य पाटा अघि बढ्छन्,’ एसएसपी केसीले  भने ।

घटना सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ । मिस नेपाल २०१८ श्रृखंला खतिवडा, नायिका पूजा शर्मालगायतका सेलिब्रेटीहरू उनको पक्षमा उभिएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानविन गर्न समेत माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?