सिरहा नगरपालिकामा एमालेका मेयर र उपमेयर निर्वाचित

लोकपथ
147
Shares

काठमाडौं । सिरहा जिल्लाको सिरहा नगरपालिकामा नेकपा एमालेले मेयर पदमा आफ्नो स्थान सुरक्षित बनाएको छ । एमालेका नवीन कुमार यादव ११ हजार १ सय ४३ मत ल्याएर सिरहा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादव ८ हजार ७३२ मत ल्याए ।

त्यस्तै, उपमेयरमा एमालेकी बबिता कुमारी साह निर्वाचित भएकी छिन् । उनले १० हजार १ सय २६ मत ल्याएर निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता कुमारी यादवले ८ हजार ५७७ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?