गगन थापाले आफ्नै निर्वाचन क्षेत्रमा जोगाउन सकेनन् कांग्रेसको साख

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र नम्बर ४ काठमाडौंमा स्थानीय तह निर्वाचन २०७९ मा नेकपा ९एमाले०ले जित हात पारेको छ ।

बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाडौं महानगरपालिकाका ४ वटा वडा गगनको क्षेत्र हो । बूढानीलकण्ठ नगरपालिकाका वडानम्बर १, २, ८, ९, १०, ११, १२ र १३ काठमाडौंको ४ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत पर्छ ।

यी सबै वडामा नेकपा एमालेले जित हात पारेको छ । बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा पनि एमालेले बाजी मारेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?