विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ मा स्थगित भएको मतगणना पुनः सुरु भएको छ ।
यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेको चर्को विरोधका कारण मतगणना स्थगित भएको थियो । मुख्य निर्वाचन अधिकृतले समस्या समाधानको लागि सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानुन अनुसार हस्ताक्षर नभएको मतपत्र रद्ध हुने बताएपछि एमाले सहमतिमा आएको हो ।
विराटनगर १२ मा ६ हजार १४९ मत खसेकोमा ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको थियो । १३ मध्ये ८ वटा एमालेको सूर्य चिन्हमा, २ वटा काँग्रेसको रुखमा र ३ वटा जसपाको छातामा मत परेको थियो भने वडामा जसपाको अग्रता छ । विराटनगरका ३, ४, ५, ६, ८, ९ र ११ नम्बर वडाको भने मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया