काठमाडाैं । धरान उपमहानगरपालिकामा राेकिएकाे मतगणना पुन: सुरु भएको छ । मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको विषयमा उत्पन्न विवादका कारण करिब १५ घण्टा रोकिएको धरानको मतगणना कार्य बिहीबार बिहान साढे नौ बजेदेखि सुरु भएको छ ।
विवाद भएको वडा नम्बर २० लाई तत्कालका लागि थाति राखेर अन्य वडाको गणना कार्यलाई निरन्तरता दिने राजनीतिक दलहरूबीच सहमति जुटेपछि गणना कार्य सुरु भएको हो ।
बुधबार राति मतदान अधिकृतले माओवादी केन्द्रको प्रतिनिधिबिना गणना सुरु गर्ने तयारी गरेपछि करिब १० बजेतिर पुनः विवाद भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया