काठमाडाैं । घोराही उपमहानगरपालिकाकाे प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई हराउँदै घाेराहीमा एमालले जित हात पारेकाे हाे । प्रमुखमा एमालेका नरुलाल चौधरी पुन: निर्वाचित भएका हुन् भने उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी विजयी भएकी हुन् ।
नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका छन् । उनले ३१ हजार ७ सय २८ मत प्राप्त गरेका गर्दा सत्ता गठबन्धनकाे तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।
त्यसतै उपप्रमुखमा डिसी ४९ मतान्तरले विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गरेका छन् ।
घोराहीमा एमालेले १९ मध्ये १३ वडा जितेको छ भने कांग्रेसले ५ र माओवादी केन्द्रले एक मात्र वडा जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया