विष्णुपुर गाउँपालिका अध्यक्षमा जसपाका यादव विजयी

लोकपथ
98
Shares

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उमेशप्रसाद यादव निर्वाचित भएका छन् ।

उनले ३ हजार १ सय ६४ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार लिलाम्बर यादवलाई पराजित गरेका हुन्।

कांग्रेसका यादवले २ हजार ८ सय ११ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसकी रेणुकुमारी यादव निर्वाचित भएकी छन् । उनले ३ हजार ३ सय ६५ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिस्पर्धी जसपाकी उषाकुमारी साहले ३ हजार ४६ मत प्राप्त गरेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?