भरतपुर महानगर अपडेट : रेणले बढाइन् मतान्तर, विजयको कति ?

लोकपथ
3.2k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार हाल माओवादी केन्द्रकी रेणु दाहाल अग्र स्थानमा रहेकी छिन् । रेणु ११ हजार ७ सय १६ मतसहित अग्र स्थानमा रहेकी छिन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ९ हजार ५ सय १८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार १ सय ४७ मत ल्याएका छन् ।

त्यस्तै यता उपप्रमुखमा नेपाली कांग्रेसका चित्रशेन अधिकारीले १३ हजार ८ सय ९१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेकी राप्रपाकी हिमला गुरुङले ७ हजार ७ सय २८ मत पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?