संघ र प्रदेशको निर्वाचनमा गठबन्धन कायमै रहने : पुष्पा भुसाल

लोकपथ
707
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताएकी छिन् ।

सचेतक भुसालले आगामी संघ र प्रदेशका निर्वाचनमा पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने बताएकी हुन् । पार्टीले गठबन्धनलाई कायम राख्ने सोच बनाउने उनले बताइन्। उनले स्थानीय तह निर्वाचनमा कांग्रेसको अग्रताले कांग्रेसप्रति जनताको आस्था र विश्वास बढेको महशुस भएको बताइन् ।

उनले कांग्रेसको काँधमा जिम्मेवारी थपिएको बताइन् । सचेतक भुसालले काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा मतदाता थपिएका कारण युवाहरुले स्वतन्त्र उम्मेदवारलाई मत दिएको बताइन् ।

पार्टीभित्रका आन्तरिक असन्तुष्टि पनि निर्वाचन परिणाममा प्रकट भएको उनको भनाइ छ । महानगरको प्रारम्भिक मत परिणामले आगामी दिनमा पार्टीको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर मात्रै निर्वाचनमा जानुपर्ने संकेत दिएको उनले बताइन्।

उनले गठबन्धन दलभित्र निर्वाचनका क्रममा देखिएका कमजोरीलाई दोहोरिन नदिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?