धरान । धरान उपमहानगरपालिकाको मतगणना स्थलमा आन्दोलन चर्कीएपछि सेना परिचालन गरीएको छ । उपमहानगरको वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइए पश्चात् माओवादी केन्द्रका कार्यकर्ताले आन्दोलन सुरु गरेपछि मतगणनास्थल पब्लिक माविमा सेना परिचालन गरिएको हो।
धरान उपमहानगरको २० नम्बर वडामा २०२१ मत खसेको थियो । सो स्थानको सबै मत गणना गरिसक्दा हस्ताक्षर बिनाको १८ मत बदर गरिएपछी कांग्रेस उम्मेदवारले जित्ने निश्चित भएको थियो । त्यसपछि माओवादी केन्द्रका कार्यकर्ता आन्दोलित भएका हुन् ।
१८ मत सदर गरिए माओवादीको ११ भोट सदर हुने र माओवादी उम्मेदवारले विजय गर्ने भएपछि माओवादी आन्दोलित भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया