काठमाडौं । अधिवक्ता अनन्तराज लुईंटेललाई प्रेस काउन्सिल नेपालले कानुनी सल्लाहकार नियुक्ति गरेको छ ।
संवैधानिक कानुनमा एलएलएम र राजनीतिक शास्त्रमा एमए गरेका अधिवक्ता लुईंटेल साढे दुई दशकदेखि मिडिया र अदालतसँग सम्बन्धित गतिविधिमा गहिरो चासो राख्ने कानुन व्यवसायी हुन् ।
उनले द हिमालयन टाइम्स दैनिक, राजधानी दैनिक, हिमालय टाइम्स दैनिक, प्रकाश साप्ताहिक र सौर्य साप्ताहिकमा आबद्ध भएर लामो समयदेखि मिडिया स्वतन्त्रताको पक्षमा कलम चलाएका छन् ।
यस्तै उनको सहलेखनको मिडिया विधिशास्त्र नामक पुस्तक कलेजहरूमा समेत सन्दर्भ सामाग्रीको रुपमा लिइन्छ भने मिडिया स्वतन्त्रताका विषयमा उनका दर्जनौ लेखहरू प्रकाशित छन् । प्रेस काउन्सिल र बार काउन्सिलका प्रकाशनहरूमा पनि उनका लेखहरु प्रकाशित छन् ।
अधिवक्ता लुईंटेल हाल सर्वोच्च अदालत बार एशोसिएशनको कार्यसमिति सदस्य रहेका छन भने संवैधानिक कानुन व्यवसायी मञ्चको निवर्तमान महासचिव समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया