रौतहट । मतपरिणाम सुनाउने क्रममा त्रुटि देखिएपछि रौतहटको ईशनाथ नगरपालिकामा गएरातिबाटै मतगणना स्थगित भएको छ । मतदान अधिकृतको कार्यालय ईशनाथले मंगलबार राति वडा नं. ३ को मतगणना सकिएपछि मतपरिणाम सुनाउने क्रममा त्रुटि गरेको थियो ।
त्यसपश्चात दलका कार्यकर्ताले विरोध गरेपछि मतगणना रोकिएको हो । विवाद बढेपछि नेकपा (एकीकृत समाजबादी), नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिले मतगणना स्थलको कोठामा ताला लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया