काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार मिठनाराम अधिकारी विजयी भएका छन् । उनले २ हजार ७ सय ३८ मतको फराकिलो अन्तरले निर्वाचित भएका हुन् ।
उनले १४ हजार २ सय ५० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकी अनिता लामा विजयी भएकी छिन्। उनले १४ हजार ३ सय १४ मत प्राप्त गरेकी छिन् । उनको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गरिकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया