काठमाडौं महानगर : बालेनलाई ८ हजार र सुनितालाई १० हजार बढी मतको फराकिलो अग्रता

लोकपथ
1.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले फराकिलो अग्रता कायमै राखेका छन् । बालेन हालसम्म १७ हजार ३१ मतका साथ अग्रस्थानमा छन् ।

बालेनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले ८ हजार ८ सय ७६ मत ल्याएका छन् । बालेन र स्थापितबीच ८ हजार १ सय ५५ मतको मतान्तर रहेको छ ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ७ हजार ९ सय ४१ मत ल्याएकी छिन् । मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ८ सय ९ भोट ल्याएका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ सय ६७ मत ल्याएका छन् भने विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले ८८ मत ल्याएकी छिन् ।

यता, उपप्रमुखमा भने नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरसहित अग्र स्थानमा रहेकी छिन् । उनले १५ हजार ६ सय ७४ मत ल्याएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले ५ हजार १५ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ३ हजार ४ सय ४९ मत ल्याएकी छिन् भने स्वतन्त्र उम्मेदवार वेन्जीसिंह महर्जनले १ हजार ३ सय ६६ मत पाएकी छिन् ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?