काठमाडौं । भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रतालाई फराकिलो बनाएकी छिन् । रेणु १० हजार ४ सय ४९ मतका साथ अग्रस्थानमा छिन् ।
दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ८ हजार ५ सय ९७ मत ल्याएका छन् । रेणु र सुवेदीबीच १ हजार ८ सय ५२ मतान्तर रहेको छ ।
त्यस्तै, स्वतन्त्र उठेका जगन्नाथ पौडेलले ४ हजार ६ सय ९६ मत ल्याएका छन् भने विवेकशील साझा पार्टीका प्रविन काफ्लेले ७० मत पाएका छन् ।
यता उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारी अग्र स्थानमा छन् । उनले १२ हजार ४ सय ९६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ६ हजार ९ सय ९२ मत ल्याएकी छिन् भने स्वतन्त्र उम्मेदवार पवीत्रा जोशीले ३५ मत पाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया