काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा एमालेका उम्मेदवार सुखाडीप्रसाद चौधरीले ७ हजार ५९ मत ल्याएर विजयी भएका हुन् । चौधरील उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
उपाध्यक्षमा बासमती हरिजन विजयी भएका हुन् । हरिजनले ५७ सय ४३ मत ल्याउदै जित हात पारेका हुन् । उनले नेपाली कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४मतले पराजित गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया