ललितपुर । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मतगणनास्थलमा पुगेका छन् ।
उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् ।
वडाअध्यक्षमा स्वन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधिको रूपमा सहभागी हुन पुगेका हुन् । बालेन काठमाडौं महानगरको मेयरमा अहिलेसम्म सबैभन्दा बढी मतसहित अग्रस्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया