देशका १२५ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

लोकपथ
308
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये १२५ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्ष पदमा विजयी बनेका छन् ।

मतगणना सकिएका सबैभन्दा बढी २०१ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनिसकेका छन् । गत वैशाख ३० गते देशका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो ।

हाल मतगणना भइरहेकामध्ये ७१ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

मतगणना सकिएका स्थानीय तहमध्ये हालसम्म १२५ को उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । हाल मतगणना भइरहेकामध्ये ११० वटा स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?