४३७ पालिकाको मतगणना सम्पन्न : कुन पार्टीले कति स्थानमा जिते ?

लोकपथ
966
Shares

काठमाडौं । अहिलेसम्म ४ सय ३७ स्थानीय तहको मतगणना सम्पन्न भएको छ भने बाँकीको जारी रहेको छ । पछिल्लो तथ्या‌क अनुसार पालिका प्रमुखमा २ सय १ स्थानमा जित निकल्दै नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । त्यसतै १ सय २५ स्थानमा जितेको एमाले दोस्रो र ८५ स्थानमा जित हासिल गरेको माओवादी तेस्रो स्थानमा रहेको छ ।

काँग्रेसले अहिले १ सय २१ स्थानमा अग्रता लिइरहेको छ । यस्तै नेकपा एमालेले ७१ स्थानमा अग्रता लिएको छ भने नेकपा माओवादी केन्द्रले ३० स्थानमा अग्रता कायम गरेको छ ।

साथै एकीकृत समाजवादीले प्रमुख पदमा ७ स्थानमा जित हासिल गरेको छ । जसपाले ५ स्थानमा प्रमुख पदमा अग्रता कायम गरको छ । १४ स्थानमा एकीकृत समाजवादीको अग्रता रहँदा जसपाले २८ स्थानमा अग्रता कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?