हालसम्म नेपाली कांग्रेस १९७ स्थानमा विजयी, कुन पार्टीको अवस्था कस्तो ?

लोकपथ
20.9k
Shares

काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रममा नेपाली कांग्रेसले झण्डै २ सय स्थानमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म सार्वजनिक मतगणना अनुसार नेपाली कांग्रेसले १९७ स्थानको पालिका प्रमुखमा जित हासिल गरेको छ । भने १२३ स्थानमा अग्रता कायमै रहेको छ । यता उपप्रमुखमा १८८ पालिकामा जित हासिल गरिसकेको छ ।

त्यस्तै नेकपा एमालेले हालसम्म १२१ पालिका प्रमुखमा जित हासिल गरेको छ । भने हालसम्म ७५ स्थानमा अग्रता कायम गरेको छ । यता उपाध्यक्ष÷उपप्रमुखमा १२१ ठाउँमा जित हासिल गर्दै ११२ स्थानमा अग्रता कायम गरेको छ ।

यता माओवादी केन्द्रले हालसम्म ८३ पालिका प्रमुखमा जित हासिल गरेको र ३२ स्थानमा अग्रता कायम गरेको छ । भने उपप्रमुखतर्फ भने ८९ स्थानमा जित हासिल गर्र्दै ३६ स्थानमा अग्रता कायम गरेको छ ।
त्यसैगरी यो समाचार तयार पार्दासम्मको तथ्यांक हेर्ने हो भने हालसम्म १२ पालिकामा स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् भने १६ स्थानमा अझै अग्रता कायम गरेका छन् । भने उपप्रमुखमा ६ स्थानमा जित हासिल गर्दै ८ स्थानमा अग्रता कायम गरेका छन् ।

यता गठबन्धनमा आवद्ध एकीकृत समाजवादीले हालसम्म ७ स्थानीय तहको प्रमुखमा जित हासिल गर्दै १४ स्थानमा अग्रता कायम गरेको छ । भने १४ स्थानीय तहको उपप्रमुखमा जित हासिल गर्दै ९ स्थानमा अग्रता कायम गरेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टीले ५ स्थानीय तहमा जित हासिल गर्दै २८ स्थानीय तहमा अग्रता कायम गरेको छ । भने ५ स्थानीय तहमा जित हासिल गर्दै १४ स्थानमा अग्रता कायम गरेको छ । तर लोकतान्त्रिक समाजवादी पार्टीले भने हालसम्म खाता खोल्न सकेको छैन । लोसपा हालसम्म प्रमुखमा १० र उपप्रमुखमा ११ स्थानमा अग्रता कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?