जनकपुरमा बागी उम्मेदवार सुडी दोब्बर मतले अघि

लोकपथ
931
Shares

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा मेयरको पदको लागि स्वतन्त्र उम्मेदवार अग्रस्थानमा रहेका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रुपमा उठेका मनोजकुमार साह सुडी अहिले जनकपुरको मेयर पदको रेसमा अघि देखिएका हुन् ।

यो समाचार तयार पार्दासम्म सुडीले ३ हजार ५१० मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार शिवशंकर साह १ हजार ५११ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसका किशोर साह अग्रस्थानमा रहेका छन् । साहले ३ हजार ४४२ मत पाएका छन् । दोस्रो स्थानमा रहेकी रुणादेवी झाले १ हजार ७३७ मत पाएकी छिन् ।

जनकपुरधाममा कांग्रेस र जसपाबीच गठबन्धन रहेको छ । जसपाले मयरमा उम्मेदवारी दिएको छ भने कांग्रेसले उपमेयरमा उम्मेदवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?