काठमाडौं । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल अग्रस्थानमा रहेका छन् । नेपाली कांग्रेस र एमाले हमालभन्दा निकै बढी मत अन्तरले पछी रहेका छन् ।
७ हजार ८१६ मतका साथ स्वतन्त्र उम्मेदवार हमाल पहिलो स्थानमा छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका नृपकहादुर वड ३ हजार ८७१ मतका साथ दोस्रो स्थामा रहेका छन् । नेकपा एमालेका रणबहादुर चन्दले भने मात्र १ हजार ९२१ मत पाएका छन् ।
गोपाल हमाल यस अघिको निर्वाचनमा पनि मेयरका उम्मेदवार रहेका थिए भने कांग्रसका नृपबहादुर वड निवर्तमान मेयर हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया