देशभरको मतपरिणाम अपडेट : कांग्रेस सबै भन्दा धेरै ठाँउमा विजयी हुँदा एमालेले कटायो सतक, अन्य कति ?

लोकपथ
1.4k
Shares

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । पछिल्लो मतपरिणाम आएकामध्ये सबैभन्दा बढी स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

कांग्रेसले अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये १६३ वटाको प्रमुख आफ्नो पक्षमा पारेको छ । कांग्रेसपछि नेकपा एमालेका उम्मेदवार धेरै स्थानीय तहको प्रमुखमा विजयी बनेका छन् । हालसम्म आएको अन्तिम मतपरिणाममध्ये एमालेले १०६ स्थानीय तहको प्रमुख जित्न सफल भएको छ ।

७८ वटा स्थानीय तहको प्रमुख जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । नेकपा एकीकृत समाजवादीले हालसम्म ५ वटा स्थानीय तहको प्रमुख जितेको छ ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ४ वटा स्थानीय तहको प्रमुख मात्र जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म कुनै पनि स्थानीय तहको प्रमुख जित्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?