कर्णालीका ४० पालिकाको नतिजा सार्वजनिक : विरासत गुमाउँदै एमाले

लोकपथ
1.5k
Shares

काठमाडौं । कर्णालीका ४० पालिकाको नतिजा सार्वजनिक भएको छ । पछिल्लो तथ्यांक अनुसार नतिजा सार्वजनिक भएको ४० पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसले १८ वटा पालिकाको प्रमुखमा जित हात पारेको छ भने माओवादी केन्द्रले १३ पालिका प्रमुख जितेको छ ।

यस्तै, नेकपा एमालेले पाँचवटा पालिकामा जित हात पारेको छ । नेकपा एकीकृत समाजवादीले तीन वटा पालिकामा जित हात पारेको छ भने एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी २७ पालिका जितेको नेकपा एमालेले अहिले भने पाँचवटा पालिकामा जित हात पारेको छ ।

एमालेले गुमाएका पालिका : 

  • ठाटीकाँध गाउँपालिका दैलख
  • चामुण्डाबिन्द्रासैनी नगरपालिका, दैलेख
  • भैरवी गाउँपालिका, दैलेख
  • भगवतीमाई गाउँपालिका, दैलेख
  • बनगाड कुपिण्डे नगरपालिका, सल्यान
  • ठुलोभेरी नगरपालिका, डोल्पा
  • खाँडाचक्र नगरपालिका, कालिकोट
  • कपुरकोट गाउँपालिका, सल्यान
  • शिवालय गाउँपालिका जाजरकोट

कांग्रेसले जितेका १८ पालिका : 

ठूलोभेरी नगरपालिका, डोल्पा

तिलागुफा नगरपालिका, कालीकोट

महाबु गाउँपालिका, दैलेख

भैरवी गाउँपालिका, दैलेख

चामुण्डा विन्द्रासैन नगरपालिका, दैलेख

ठाँटीकाँध गाउँपालिका, दैलेख

खार्पुनाथ गाउँपालिका, हुम्ला

कुमाख गाउँपालिका, सल्यान

सिद्धकुमाख गाउँपालिका, सल्यान

त्रिवेणी गाउँपालिका ,सल्यान

शारदा नगरपालिका, सल्यान

कनकासुन्दरी गाउँपालिका, जुम्ला

पातारासी गाउँपालिका,जुम्ला

हिमा गाउँपालिका, जुम्ला

मुगुम कार्मारोंग गाउँपालिका, मुगु

कुशे गाउँपालिका, जाजरकोट

शिवालय गाउँपालिका, जाजरकोट

बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम

माओवादीले जितेका १३ पालिका : 

नौमुले गाउँपालिका, दैलेख

भगवतीमाई गाउँपालिका, दैलेख

ताँजाकोट गाउँपालिका, हुम्ला

नाम्खा गाउँपालिका,हुम्ला

सिमकोटमा गाउँपालिका, हुम्ला

पलाँता गाउँपालिका , कालीकोट

शुभ कालीका गाउँपालिका, कालीकोट

जगदुल्ला गाउँपालिका, डोल्पा

मुड्केचुला गाउँपालिका, डोल्पा

नलगाड नगरपालिका, जाजरकोट

बनगाड कुपिण्डे नगरपालिका, सल्यान

सानीभेरी गाउँपालिका, रुकुम पश्चिम

सिंजा गाउँपालिका, जुम्ला

एमालेले जितेका ५ पालिका : 

गुराँस गाउँपालिका, दैलेख

डुङ्गेश्वर गाउँपालिका , दैलेख

नारायण नगरपालिका, दैलेख

शे-फोक्सुण्डो गाउँपालिका, डोल्पा (निर्विरोध)

जुनिचाँदे गाउँपालिका, जाजरकोट

एकीकृत समाजवादीले जितेका ३ पालिका : 

काइके गाउँपालिका, डोल्पा (निर्विरोध)

छार्काताङसोङ गाउँपालिका , डोल्पा (निर्विरोध)

कपुरकोट गाउँपालिका, सल्यान

स्वतन्त्र :

खाँडाचक्र नगरपालिका, कालीकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?