दाङको राप्तीमा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित

लोकपथ
217
Shares

दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका छन् । विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई १ हजार १ सय ९८ मतान्तरले पराजित गरेका हुन् । विष्टले ६ हजार ८ सय ९८ मत ल्याउँदा पोखरेलले ५ हजार ७०० मत ल्याएका थिए ।

राप्तीमा माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको थियो । उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन् ।

उपाध्यक्ष पदमा भने नेकपा एमालेकी उम्मेदवार कमलापती चौधरी निर्वाचित भएकी छन् । ६ हजार ६ सय ७४ मत पाएर उनी उपाध्यक्ष पदमा निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद भुसालले ५ हजार ४९६ मत पाए । जनमोर्चाका उम्मेदवार केशवराज खनालको पक्षमा ४ हजार ४ सय ६४ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?