सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिका मतगणनामा धाँधली भएको आरोप लगाउँदै माओवादीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।
सप्तरीको बोदेबर्साइन नगरपालिका-३ मा नेपाली कांग्रेसका शिवनारायण यादव अध्यक्ष पदमा १ मत अन्तरले निर्वाचित भएपछि छन् मतगणनामा धाँधली भएको आरोप लगाउँदै माओवादीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।
कांग्रेसका शिवनारायण यादवले ६०० मत ल्याएर साह अध्यक्षमा निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी माओवादीका भुवनेश्वर यादवले ५९९ मत प्राप्त गरे ।
निर्वाचन अधिकृतको कार्यालय बोदेबर्साइनले मतगणना परिणाम घोषणा गरेपछि मतगणनामा धाँधली भएको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया