काठमाडौं महानगर : बालेन स्थापितभन्दा दोब्बर मतले अगाडि

लोकपथ
875
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता कायमै रहेको छन् । उनी आफ्ना निकटतम प्रतिस्पर्धी केशव स्थापितभन्दा दोब्बर मतले अगाडि छन् ।

पछिल्लो मत परिणामअनुसार बालेनले १० हजार ७ सय ९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५ हजार ७ सय ८७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ५ हजार ७४ मत पाएकी छन् ।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीक उम्मेदवार मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गर्दा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले २८१ मत प्राप्त गरेका छन्, भने विवेकशील साझा पार्टी समीक्षा बास्कोटाले ७८ मत पाएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?