२३ असार २०७९, बिहीवार

गोरखामा पाँच पालिका र ७३ वडाको नतिजा सार्वजनिक

२०७९,जेष्ठ,३,मंगलवार ०९:३९

1.485k
Shares

गोरखा । दुई नगरपालिका र ९ गाउँपालिका गरी ११ स्थानीय तह, ९४ वडा रहेको गोरखामा अहिलेसम्म पाँच पालिका र ७३ वटा वडाको मतपरिणाम सार्वजनिक भईसकेको छ ।

अहिलेसम्म सार्वजनिक भएको मतपरिणामअनुसार माओवादी केन्द्रले बारपाक सुलिकोट, शहीदलखन, भीमसेन थापा, अजिरकोट गरी चार पालिकाको अध्यक्षमा विजय हात पारेको छ भने कांग्रेसले आरुघाट गाउँपालिकामा मात्रै विजय हासिल गर्न सकेको छ ।

यस्तै, मतपरिणाम सार्वजनिक भएको ७३ वडामध्य माओवादी केन्द्रले ३३, कांग्रेसले २७, एमालेले १०, जसपाले २ र स्वतन्त्र उमेद्वारले १ वडाको नेतृत्व पाएका छन् । अहिले जिल्लाको धार्चे, गण्डकी, सिरानचोक गाउँपालिका र गोरखा, पालुङटार नगरपालिकामा मतगणना जारी छ भने उत्तरी गोरखाको चुमनुब्रीमा भने मतगणना सुरु हुन सकेको छैन् ।

सर्वदलीय बैठकमा उक्त पालिकाका केही वडामा पुनस् निर्वाचनको माग भएपछि गणना हुन नसकेको निर्वाचन अधिकृत नानीबाबु पोखरेल बताए ।

प्रकाशित मिति: २०७९,जेष्ठ,३,मंगलवार ०९:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान सुरु भएको छ । गत वैशाख ३० गते

काठमाडौं । बाजुराको बुढीगंगा नगरपलिकामा भोलि (बिहीबार) मतदान हुने भएको छ । बुढीगंगामा गत बैशाख ३० गते निर्वाचन स्थगित भएको

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले वैशाख ३० मा सम्पन्न स्थानीय

काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार भएकाे निर्वाचनबाट नेपाली

ताजा समाचार

को होलान् एन्फाको प्रवक्ता ?
 २०७९,असार,२३,बिहीवार १५:४०
सेयर बजारको ओरालो यात्रामा निरन्तरता
 २०७९,असार,२३,बिहीवार १५:२०