रुकुम पश्‍चिमको बाँफिकोटमा कांग्रेस विजयी

लोकपथ
273
Shares

सुर्खेत । रुकुमपश्‍चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका जनककुमार बाँठा ३१ मतान्तरले विजयी भएका छन् । उनी ४ हजार ४ सय ५५ मतसहित विजयी हुँदा माओवादी केन्द्रका चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत पाए ।

उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसीले ४ सय मतान्तरले विजयी भएकी छन् । केसी ४ हजार ५ सय ६० मतसहित विजयी हुँदा कांग्रेसकी नन्दाकुमारी केसी नाथले ४ हजार १ सय ६० मत पाइन् । बाँफिकोटका १० वडामध्ये माओवादीले ८ वडा जितेको छ भने कांग्रेसले २ वडामा जित हात पारेको छ ।

यो अर्थमन्त्री जनार्दन शर्माको निर्वाचन क्षेत्र पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?