१३ असार २०७९, सोमवार

श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यक : प्रधानमन्त्री

२०७९,जेष्ठ,३,मंगलवार ०८:५३

108
Shares

काठमाडौं । ७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पेट्रोल हाहाकारको अवस्थामा पुगेको छ । नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघेले यस्तो संकेत गरेका हुन् । राजधानी कोलम्बोको सबैभन्दा लोकप्रिय यातायातको माध्यम अटो रिक्सा र अन्य सवारी साधनहरू पेट्रोल पम्पहरूमा लाइनमा देखिन्छन् ।

एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिंघेले आधारभूत सामाग्रीको आयातका लागि भुक्तानी गर्न देशलाई तत्काल ७५ मिलियन डलर विदेशी मुद्रा आवश्यक भएको उनले बताए । सरकारले तलब दिन केन्द्रिय बैंकले पैसा छाप्नुपर्ने बताए ।

राज्यको स्वामित्वमा रहेको श्रीलंकाली एयरलाइन्स पनि निजिकरण गरिने उनले जानकारी दिए ।

महामारी, बढ्दो मूल्य बृद्धि र कर कटौतीका कारण देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मुद्रास्फीतिले औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ ।

एजेन्सी

प्रकाशित मिति: २०७९,जेष्ठ,३,मंगलवार ०८:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१  नवनियुक्त्त चार मन्त्री र एक राज्य मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, सबैले आजै कार्यभार सम्माल्दै आफनो कार्यकाल उपलब्धीमुलक

काठमाडौं । जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको

काठमाडौं । मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको र उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको

बेलायतको सशस्त्र बल दिवसमा बेलायती राजकुमार विलियमकी पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडलटनले पूर्ण रुपमा सैन्य पोसाक लगाएको फोटो सेयर

ताजा समाचार

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
 २०७९,असार,१३,सोमवार २०:०३